महांकाल गाउँपालिका ललितपुर जिल्लाको उपत्यका बाहिर दक्षिण-पूर्वमा अवस्थित स्थानीय तह हो । यस गाउँपालिकामा ६ वटा वडाहरू रहेका छन् । बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर, ठुलादुर्लुङ आदि स्थानहरू यस गाउँपालिकामा पर्दछ । २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल १ हजार ९३९ घरधुरी र ८ हजार १२२ जनसंख्या रहेको छ ।
यस गाउँपालिकामा हुलाक सेवा प्रवाह गर्नको लागि वडा नं ३, गोटिखेलमा हुलाक कार्यालय महांकाल गाउँपालिका, गोटिखेल, ललितपुर रहेको छ । यस अन्तर्गत बुखेल, मानिखेल र ठुलादुर्लुङ अतिरिक्त हुलाक कार्यालयहरू पनि रहेका छन् ।
यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरसँग डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।
सम्पर्क नम्बर : ९८५१४३०८०५
पोष्टल कोड : ३०८०५०३
गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्