गोदावरी नगरपालिका ललितपुर जिल्लाको उत्तर पूर्वमा अवस्थित स्थानीय तह हो । यस नगरपालिकामा १४ वटा वडाहरू रहेका छन् । गोदामचौर, विशंखुनारायण, गोदावरी, टौखेल, बडिखेल, लेले, टिकाभैरव, देविचौर, डुकुछाप, छम्पी, ठेचो, झरूवारासी, ठैब आदि स्थानहरू यस नगरपालिकामा पर्दछ । २०७८ को जनगणना अनुसार यस नगरपालिकाको कुल २४ हजार ०४५ घरधुरी र ९७ हजार ६३३ जनसंख्या रहेको छ ।

यस नगरपालिकामा हुलाक सेवा प्रवाह गर्नको लागि वडा नं ३, गोदावरीमा हुलाक कार्यालय गोदावरी नगरपालिका, गोदावरी, ललितपुर रहेको छ । यस अन्तर्गत गोदावरी नगरपालिका भित्रका १० अतिरिक्त हुलाक कार्यालय मध्ये ५ गोदामचौर, विशंखुनारायण, बडिखेल, झरूवारासी, ठैब अतिरिक्त हुलाक कार्यालयहरू पनि रहेका छन् ।

यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरको लागि डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, द्रुत डाँक (आन्तरिक मात्र), हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।

सम्पर्क नम्बर : ९८५१४३०८०३

पोष्टल कोड : ३०८०१०३

गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्