हुलाक काउन्टर चापागाउँ, गोदावरी नगरपालिकाको वडा नं १० को कार्यालय रहेको भवनमा रहेको छ । यो कार्यालयले गोदावरी नगरपालिकाको १४ वटा वडाहरू मध्ये ८ वटा वडा तथा बागमती गाउँपालिकाको वडा नं १ मा सेवा प्रवाह व्यवस्थापन गर्दछ । यस अन्तर्गत गोदावरी नगरपालिकाको लेले, देविचौर, डुकुछाप, छम्पी, ठेचो अतिरिक्त हुलाक कार्यालयहरू रहेका छन् । साथै ललितपुर महानगरपालिकाको सुनाकोठी र बागमती गाउँपालिकाको घुसेल अतिरिक्त हुलाक पनि यसै काउन्टर अन्तर्गत रहेको छ ।
यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरसँग लागि डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।
सम्पर्क नम्बर : ९८५१४३०८०७
पोष्टल कोड : ३०८०३१०
गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्