बागमती गाउँपालिका ललितपुर जिल्लाको उपत्यका बाहिर दक्षिण पश्चिममा अवस्थित स्थानीय तह हो । यस गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, गिम्दी आदि स्थानहरू यस गाउँपालिकामा पर्दछ । २०७८ को जनगणना अनुसार यस नगरपालिकाको कुल २ हजार ७३९ घरधुरी र ११ हजार ३५३ जनसंख्या रहेको छ ।

यस गाउँपालिकामा हुलाक सेवा प्रवाह गर्नको लागि वडा नं ३, चौघरेमा हुलाक कार्यालय बागमती गाउँपालिका, भट्टेडाँडा, ललितपुर रहेको छ । यस कार्यालयले बागमती गाउँपालिकाको वडा नं १ घुसेल बाहेकका ६ वटा वडामा सेवा प्रवाह गर्दछ । यस अन्तर्गत माल्टा, इकुडोल र आश्राङ अतिरिक्त हुलाक कार्यालयहरू पनि रहेका छन् ।

यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरसँग डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।

सम्पर्क नम्बर : ९८५१४३०८०६

पोष्टल कोड : ३०८०६०३

गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्