कोन्ज्योसोम गाउँपालिका ललितपुर जिल्लाको उपत्यका बाहिर अवस्थित स्थानीय तह हो । यस गाउँपालिकामा ५ वटा वडाहरू रहेका छन् । चौघरे, शंखु, दलचोकी, नल्लु, भारदेउ आदि स्थानहरू यस गाउँपालिकामा पर्दछ । २०७८ को जनगणना अनुसार यस नगरपालिकाको कुल २ हजार १४२ घरधुरी र ८ हजार ९८९ जनसंख्या रहेको छ ।
यस गाउँपालिकामा हुलाक सेवा प्रवाह गर्नको लागि वडा नं १, चौघरेमा हुलाक कार्यालय कोन्ज्योसोम गाउँपालिका, चौघरे, ललितपुर रहेको छ । यस अन्तर्गत चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ अतिरिक्त हुलाक कार्यालयहरू पनि रहेका छन् ।
यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरसँग डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।
सम्पर्क नम्बर : ९८५१४३०८०४
पोष्टल कोड : ३०८०४०१
गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्