हुलाकबाट चिठीपत्र, कागजातहरू, समाचार पत्रपत्रिका, विभिन्न व्यापारिक नमुनाहरू, अन्धा साहित्य, हुलाक पत्र (पोष्ट कार्ड), छापा कागजपत्र र पुलिन्दाहरू पठाउन सकिन्छ । यस्ता सामग्रीहरू उपयुक्त तरिकाले प्याकिङ गरिएको हुनु पर्छ ।
नेपाल सरकार वा सम्बन्धित देशको सरकारद्वारा निषेधित सामग्री भने पठाउन सकिदैन ।