NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा एकादशी - २६

हुलाक टिकट तथा फिलाटेली सेवा

प्रेषकले चिठीपत्रमा राजस्व तिरेको पुष्टी गर्ने साधनका रूपमा सरकारी छाप भएको विशेष प्रकारको कागजको टुक्रालाई टिकट भनिन्छ । टिकटलाई राजस्व/महसुल तिर्ने माध्यमको रूपमा विकास गरिएको भए पनि आज आएर टिकट सोख, रुची र खुसीको माध्यमसमेत बनेको छ । प्रयोग भएका र नभएका हुलाक टिकटहरूलाई संकलन गरी मनोरञ्जन लिने माध्यमलाई "फिलाटेली" भनिन्छ । "फिलाटेली" लाई "किङ अफ हबी" पनि भनिन्छ ।

यस कार्यालय र अन्तर्गतका कार्यालयहरूबाट हुलाक सेवा विभागले जारी गरेका रू.१ देखि रू.५०० दर सम्मका हुलाक टिकटहरू आवश्यकता अनुसार उपलब्ध गराउछौं । सरकारी कार्यालयहरूमा पेश गरिने निवेदन, साधारण पत्र लगायतका विभिन्न हुलाक वस्तु प्रेषण गर्न आवश्यक पर्ने हुलाक टिकटका साथै फिलाटेलीको लागि आवश्यक हुलाक टिकटहरू यस कार्यालय र अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुनेछ ।